वडा कार्यालयद्वारा ‘उज्यालो वडा’ अभियान सञ्चालपछि स्थानीय खुसी

काठमाडाैं । लुम्बिनीकाे प्युठान जिल्लामा रहेकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ काे कार्यालयले ‘उज्यालो वडा ’ अभियान सञ्चालन गरेकाे छ।

अभियान अन्तर्गत वडा नम्बर ३ का विभिन्न चोक तथा मुख्य सडकहरुमा सडक बत्ती जडान कार्य थालिएकाे वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयाे,’वडाका मुख्य बजार तथा चोकहरुमा ३० ओटा सडकबत्ति जडान गरिएको छ।’

वडा नम्बर ३ का प्रत्येक टोल टोलमा बत्ति जडान गर्ने लक्ष्य रहेको साथै गाउँमा रातको समयमा हुने चोरी लगायतका अन्य घटनाबाट सुरक्षित गराउने उद्देश्यले सडकबत्ति जडान गरिएकाे वडा अध्यक्ष कार्कीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘शहर बजारमा मात्र हैन, गाउँ, टोल र वस्तिमा पनि उज्यालो बनाउनु पर्छ, गाउँका दाजुभाइ तथा दिदी बहिनीहरूको मुहार उज्यालो बनाउनु पर्छ भन्ने उदेश्यले वडामा यो अभियान सञ्चालन गरिएकाे हाे।’

वडालाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ति जडान कार्य निरन्तर हुने वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘उज्यालो वडा’ कार्यक्रम अन्तर्गत नै अहिले मुख्य चोकहरुमा र विस्तारै टोल टोलमा पनि सडकबत्ति जडान गर्नेछौँ।’

उहाँले प्रविधियुक्त सडक बत्ति जडान गरिएकाे बताउनु भयाे । वडा अध्यक्ष कार्कीले उज्यालो वडा कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनुभयाे । उहाँका अनुसार वडाद्वारा जडान गरिएका सडकबत्ति रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं बन्द हुने प्रविधिका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार