८ महिनामा १७ प्रतिशतले व्यापार घाटा घट्याे

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को ८ महिनामा १७ प्रतिशतले व्यापार घाटा घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ३४ प्रतिशतले बढेको व्यापारघाटा हाल ९ सय ५३ अर्ब ५९ करोड पुगेको हाे । आर्थिक वर्ष २०७९ ८० को ८ महिनामा कुल वस्तु निर्यात २९ दशमलव १ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकको तंथ्यांकले देखाएकोछ । अघिल्लो वर्षको सोही अवधिमा ८२ दशमलव ९ प्रतिशतको वृद्धि रहेको वैदेशिक व्यापार १ सय ४ अर्ब ८० करोडमा खुम्चिएकोछ ।

गन्तव्यका आधारमा भारतमा ३७ प्रतिशत र चीनमा ४ प्रतिशतले कमी आएको छ । अन्य मुलुक तर्फ ६ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । वस्तुगत आधारमा अलैची, उनी गलैंचा र चियाको निर्यातमा वृद्धि भएको छ । लत्ताकपडा सुनचाँदीका सामान तथा गरगहना, सोयाविन तेल र पाम तेलको निर्यात घटेसगै रावस्व समेत प्रभावित भएकोछ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको कडाईपछि २०७९ ८० को ८ महिनामा कूल वस्तु आयात १९ प्रतिशतले खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३८ प्रतिशतले आयात बढेको थियो । हाल भारतमा १७ प्रतिशत, चीनमा २१ प्रतिशत र अन्य मुलुकमा २१ प्रतिशतले कमी आएको छ ।

सवारी साधनको पार्टपूर्जा, औषधी र कच्चा भटमासको तेलको आयातमा कमी आउँदा वैदेशिक सञ्चितिमा टेवा पुय्राएको राष्ट्र बैंकको तथ्यांकले जनाउछ । सम्पूर्ण नाकाबाट आयात घट्दा भैरहवा, मेची, नेपालगञ्ज र रसुवा नाकाबाट निर्यात घटेको छ ।

यस अवधिमा भारतबाट मात्रै ८५ अर्ब ३ करोड बराबरको वस्तु आयात भएको राष्ट्र बैंकको तथ्यांक रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार