गजुरीमा शैक्षिक सुधारका विषयमा जनप्रतिनिधि र शिक्षकहरु बिच अनतरक्रिया सम्पन्न

धादिङ । गजुरी गाउँपालिका वडा नं ६ ले वडामा रहेका ७ वटा विद्यालयका सबै शिक्षकहरु,बिव्यसका अध्यक्षहरु र सम्बन्धित सरोकारवाला र जनप्रतिनिधिहरु बिच १ दिने अन्तरक्रिया शनिबार सम्पन्न गरेको छ ।

गजुरी गाउँपालिका वडा न ६ का वडाध्यक्ष भक्त बहादुर तामाङको अध्यक्षतामा भएको अन्तर क्रियामा विद्यालय व्यवस्थापन समिति , प्रधानाध्यापक , शिक्षक अभिभावक संघ लगायत सर‍ोकारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि संचालन गरिएको हो।

गजुरी गाउँपालिकन वडा नं ६ मा रहेका सबै बिद्यालयका सेवा क्षेत्र भित्रका बिद्यालय उमेर समुहका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक , शिक्षकहरु लगायत सर‍ोकारवालाहरु र स्रोत व्यक्ति सुजन भण्डारी लगायतका बिचमा भएको शैक्षिक सुधार अन्तरक्रियामा ७८ जना उपस्थिति रहेको थियोे । विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक , शिक्षक तथा जनप्रतिनिधिहरुको भुमिका र उत्तरदायित्वको बारेमा अन्तरक्रिया गरिएको थियो । विद्यालय कक्षा कोठामा बालमैत्री सामाग्री सहित शिक्षण सहजिकरण र बालबालिकाहरुको शैक्षिक सवालहरु,बिद्यालय आर्थिक पारदर्शिता, बाल अधिकार , बालबालिका र अभिभावकहरु अभिभावक र शिक्षक ,शिक्षक र प्रधानाध्यापक बिचको सम्बन्ध र यसले बालबालिकामा पार्ने प्रभाव र सम्बन्ध सहज र सुमधुर बनाउन सबै पक्षले गर्नुपर्ने कार्य तथा तौरतरिका लगायतका बिषयबस्तुमा अन्तरक्रिया गरिएको थियो ।

शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बालबालिकाहरुलाई बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न विद्यालय व्यवस्थापन समिति प्रधानाध्यापक , शिक्षक अभिभावक संघ लगायत विद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालाको लागि गरिएको वडा ६ का वडाध्यक्ष भक्त बहादुर तामाङले बताउनु भयो ।

विद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ ? स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह , अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि , प्रधानाध्यापक , शिक्षकहरुले के कसरी बालमैत्री विधिबाट शिक्षण गर्नुपर्छ,बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ,शिक्षक, बालबालिकाहरुको भुमिका र उत्तरदायित्व,बिद्यालय विकासमा अभिभावकहरुको भुमिकाका बिषयमा प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियोे । कार्यशाला पछि वडा भरका ७ वटै विद्यालयहरुले शैक्षिक सुधार लागि कार्ययोजना तयार गरि कार्यान्वयन गरिने भानुभक्त माविका प्रधानाध्यापक रञ्जन कुमार सुवेदीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार