भुटानका राजा तीन दिने भारत भ्रमणमा आउँदैछन्

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक वैशाख ३ देखि ५ गतेसम्म भारतको औपचारिक भ्रमणमा आउँदैछन् ।

चीनले विगत केही दिनदेखि डोकलामलाई लिएर भुटानमाथि दबाब दिइरहेको छ । जसलाई लिएर तनाव सिर्जना भएको छ । यसैबीच, भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक ३ दिने भारत भ्रमणमा शनिबार आउन लागेका हुन् ।

भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक वैशाख ३ देखि ५ गतेसम्म भारतको औपचारिक भ्रमणमा आउँदैछन् । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । उनले विभिन्न सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।

भुटानका राजाका साथमा भुटानका विदेश मामिला तथा वैदेशिक व्यापार मन्त्री डा. थान्डी दोर्जी र भुटानको शाही सरकारका वरिष्ठ अधिकारीहरु सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार