मेघालयमा भारत-बंगलादेश संयुक्त सैन्य अभ्यास

भारतको रक्षा मन्त्रालयले यो अभ्यासले दुई सेनाबीचको सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएको छ ।

भारत र बंगलादेशले संयुक्त सैन्य अभ्यास ‘सम्प्रीति’ को ११ औं संस्करण सुरु गरेका छन् । दुई हप्तासम्म चलेको यो अभ्यास अक्टोबर ३ गते मंगलबार भारतको मेघालयको उमरोईमा सुरु भएको हो । सन् २००९ मा दुई देशका सेनाले पहिलो पटक असमको जोरहाटमा यस प्रकारको अभ्यासमा भाग लिएका थिए।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो अभ्यासले दुई सेनाबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । यो अभ्यासमा दुवै पक्षका करिब ३५० सैनिकले भाग लिएको बताइएको छ । जसमध्ये ५२ इन्फन्ट्री ब्रिगेडका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद मोफिजुल इस्लाम रसिदको नेतृत्वमा बंगलादेशका १७० सैनिक छन् भने बाँकी भारतको राजपूत रेजिमेन्टको बटालियनका सैनिक छन् । भारतीय टोलीको नेतृत्व ब्रिगेडियर एसके आनन्दले गरेका छन् ।

रक्षा मन्त्रालयका अनुसार उक्त अभ्यासमा उच्चस्तरीय सैन्य अभ्यास, बम विष्फोट, नयाँ हतियार ह्याण्डलिङलगायतका अभ्यास हुनेछन् । यस अभ्यासमा आत्मनिर्भर भारत निर्माण गर्ने उद्देश्यका लागि भारतका आफ्नै हतियारहरू प्रदर्शन गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार