भारत-तान्जानियाले हिन्द महासागरमा सम्बन्ध बढाउने

हालैका समयमा, विशेष गरी पछिल्ला दुई वर्षमा, वित्त र व्यापारका सबै क्षेत्रमा भारत र तान्जानियाबीचको सम्बन्धमा ठूलो विकास भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनबीच दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको छ । दुई राष्ट्र प्रमुखबीच आज द्विपक्षीय भेटवार्ता भएको छ , सोमबार भारत र तान्जानियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उनीहरुबीच आज विभिन्न द्विपक्षीय विषयमा छलफल भएको थियो । ” भारत र तान्जानिया पारस्परिक व्यापार , लगानीका लागि महत्त्वपूर्ण साझेदारहरू हुन् ,” तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले द्विपक्षीय बैठक पछि संयुक्त विज्ञप्तिमा भने ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने , “ आज भारत र तान्जानियाबीचको सम्बन्धका लागि ऐतिहासिक दिन हो। आज हामी हाम्रो सदियौं पुरानो मित्रतालाई रणनीतिक साझेदारीमा परिणत गर्दैछौं। भारत र तान्जानिया दुवै आपसी व्यापार र लगानीका लागि महत्वपूर्ण साझेदार हुन्।

प्रधानमन्त्रीले यो पनि भने , “ म तान्जानियाका राष्ट्रपति र उहाँको प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्दछु। तान्जानियाको राष्ट्रपतिको रूपमा , यो उनको पहिलो भारत भ्रमण हो। तर , उनी लामो समयदेखि भारत र त्यहाँका नागरिकसँग जोडिएका छन् । भारतमा उहाँको प्रेम र संलग्नताले हामीलाई हरेक क्षेत्रमा हाम्रो सम्बन्ध बलियो बनाउन प्रेरित गरेको छ।

तान्जानिया अफ्रिकी महादेशमा भारतको सबैभन्दा ठूलो र निकटतम विकास साझेदार हो। भारतले सूचना प्रबिधि केन्द्रहरू , व्यावसायिक प्रशिक्षण , रक्षा प्रशिक्षण , भारतीय प्राविधिक र आर्थिक सहयोग र भारतीय सांस्कृतिक सम्बन्ध परिषद छात्रवृत्तिहरू मार्फत तान्जानियामा युवाहरूको सीप विकास र क्षमता निर्माणमा महत्त्वपूर्ण योगदान पुर्यााएको छ ।

पानी आपूर्ति , कृषि , स्वास्थ्य र शिक्षा जस्ता प्रमुख क्षेत्रहरूमा सँगै काम गरेर, हामी तान्जानियाका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्छौं। आगामी दिनमा पनि यस्तै जिम्मेवारीका साथ सहयोग जारी राख्नेछौं ।

जान्जिबार, तान्जानियामा आईआईटी मद्रासको क्याम्पस खोल्ने निर्णय हाम्रो आपसी सम्बन्धमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। यो तान्जानियाका लागि मात्र नभई छिमेकी देशका विद्यार्थीहरूका लागि पनि उच्च गुणस्तरको शिक्षा केन्द्र बन्नेछ । प्रविधि दुवै देशको विकास यात्रालाई अगाडि बढाउनको लागि महत्त्वपूर्ण आधार हो।

आजको सम्झौताले डिजिटल ‘सार्वजनिक वस्तु साझेदारी’ मा हाम्रो आपसी साझेदारीलाई पनि बलियो बनाउनेछ। मलाई खुशी छ कि आज तान्जानियाले हाम्रो देशमा एकीकृत भुक्तानी इन्टरफेसको सफलता देखेर आफ्नो देशमा पनि यो प्रणाली अपनाउन कदम चालिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार