अन्य २ सय ३५ भारतीय इजरायलबाट फर्किएका छन्

धेरै भारतीय युद्धको स्थितिमा फसेका छन्। भारत सरकारले उनीहरुलाई एक एक गरी स्वदेश फर्काउने पहल गरेको छ ।

धेरै भारतीय युद्धको स्थितिमा फसेका छन्। भारत सरकारले उनीहरुलाई एक एक गरी स्वदेश फर्काउने पहल गरेको छ । दोस्रो उडान इजरायलको तेल अवीभबाट राती उडेको थियो। स्रोतका अनुसार थप २ सय ३५ भारतीय फिर्ता भइरहेका छन् । भारतीयलाई फिर्ता ल्याउन ‘अपरेशन अजय’ सुरु भएको छ ।

शुक्रबार पहिलो उडानमा २१२ भारतीयलाई स्वदेश फर्काइएको थियो । दोस्रो उडानमा सवार २ सय ३५ भारतीयमध्ये २ बालबालिका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार इजरायलबाट २ सय ३५ भारतीयलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । विदेश मन्त्री एस जयशंकरले रातको यो दोस्रो विमानको बारेमा जानकारी दिँदै एक्स मिडियामा एक तस्वीर पोस्ट गर्नुभयो।

‘ अपरेशन अजय’ अझै जारी छ । भारतीय दूतावासमा सम्पर्क गरी स्वदेश फिर्ता भईरहेको छ । अर्को उडानका लागि इजरायलस्थित भारतीय दूतावासले जानकारी गराइसकेको छ ।

यसअघि बिहीबार राति, पहिलो उडान फसेका भारतीयहरूलाई लिएर उडेको थियो। २११भारतीय शुक्रवार बिहान दिल्ली आइपुगे। जसमध्ये एक बालक रहेका छन् । ‘ ओपरेश अजय’ नामको यस उद्धार अभियानमा यसअघि दर्ता भएका भारतीयहरुलाई पहिले विमानमा फर्कने अवसर दिइँदै आएको बताइएको छ । यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोरेको छ ।

इजरायलमा करिब १८ हजार भारतीय विभिन्न रोजगारीको सिलसिलामा बसोबास गर्दै आएको जानकारी छ । कोही विद्यार्थी , कोही अनुसन्धानकर्ता , कोही व्यापारी, कोही त्यही देशमा काम गर्छन् । उनीहरुलाई फिर्ता ल्याउन यो पहल गरिएको हो ।

हमासले गत शनिबार अचानक इजरायलमा एकपछि अर्को रकेट प्रहार गरेको थियो। इजरायलमा करिब १३०० जनाको मृत्यु भएको छ । त्यसपछि इजरायलले जवाफी हवाई आक्रमण गरेको थियो। त्यसयता यो युद्धको अवस्था सुरु भएको हो , जुन क्रमशः खस्कँदै गइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार