पियुष गोयल साउदी अरबको भ्रमणमा जाँदैछन्

भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल मंगलबार दुई दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी साउदी अरब जानेछन् ।

भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल मंगलबार दुई दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी साउदी अरब जानेछन् । मन्त्रीले साउदी अरेबियाको रियादमा वरिष्ठ नेता तथा व्यवसायीसँग भेट गर्नेछन् । सोमबार उद्योग वाणिज्य मन्त्रालयले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

पियुष गोयल अक्टोबर २४ देखि साउदी अरबको दुई दिने भ्रमणमा जाने मन्त्रालयले जनाएको छ । गोयलले दुई देशबीचको व्यापार र लगानी बढाउने उपायहरूबारे छलफल गर्ने योजना बनाएका छन्। दुई दिने भ्रमणका क्रममा उनले साउदी अरबको रियादमा वरिष्ठ नेता तथा व्यवसायीसँग भेटघाट गर्नेछन् ।

पियुष गोयल, साउदी अरबका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिन सलमान अल साउद, वाणिज्य मन्त्री माजिद बिन अब्दुल्लाह अल-कसाबी, लगानी मन्त्री खालिद ए. अल फलिह र अन्य विशिष्ट व्यक्तिहरूसँग भेट हुनेछ।

यस भ्रमणमा पियुष गोयल साउदी अरबको रियादमा हुने भविष्य लगानी पहल (एफआईआई) को सातौं संस्करणमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार