गोली हानी बोर्डिङ्ग स्कूलका प्रधानाध्यापकको हत्या

बारा । एक निजी विद्यालय सञ्चालकलाई आपराधिक समूहले गोली प्रहार गरि हत्या गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नं ६ निवासी गुडु भनिने रुपेश स्वर्णकारलाई आपराधिक समूहले छाती र पाखुरामा तीन राउण्ड गोली प्रहार गरि फरार भएको प्रहरीले जनाएको छ ।

एउटै मोटरसाइकलमा चढेर आएका तीन जनाको समूहले गोली प्रहार गरि फरार भएको थियो । घटनापछि अहिले सुरक्षा अवस्था कडा पारिएको छ ।

स्वर्णकारलाई गम्भीर घाइते अवस्थामा एलएस न्यूरो अस्पतालमा उपचारका लगिएको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार