युवा जनशक्तिलाई स्वदेशमै टिकाउने वातावरण बनाउनुपर्छ : खनाल राजनीति

रुपन्देही, २१ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् ।

उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभएका नेता खनालले आज समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको बताए ।

यस अभियानले समाजवादतर्फ जान मद्दत गर्ने उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता पनि औँल्याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार