सरकारलाई समर्थन रहन्छ,अहिले जाने कुरा छैन: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन्।

बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार पुगेका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताए।

उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने बताए। सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाइ छ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार