उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जनमत र नागरिक उन्मुक्ति गएन,बैठक जारी

काठमाडौँ–सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ। एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछाने सहभागी छन्। सरकारमा सम्मिलित जनमत पार्टी बैठकमा सहभागी छैन।

सदूरपश्चिम सरकार ढाल्न निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी पनि बैठकमा गएन। उसले सरकार बनाउन समर्थन गरे पनि जेलमा रहेका रेशम चौधरीलाई छुटाउनु पर्ने मुख्य माग राख्दै आएको छ। यसअघि हिजो दिउँसो ३ बजेको लागि तय भएको संयन्त्रको बैठक अन्तिम समयमा स्थगित भएको थियो।

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो।
बैठकमा वर्तमान सत्ता गठबन्धनलाई जोगाएर लैजाने विषयमा छलफल भइरहेको बुझिएको छ।

सत्तारुढ प्रमुख घटक नेकपा एमालेको हिजो बसेको सचिवालय बैठकले चुनौति भएपनि गठबन्धन जोगाएर जानुपर्ने निष्कर्ष निकालेको छ।
बैठकमा राष्ट्रपतिको उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल हुनुका साथै सुदूरपश्चिम सरकार विघटनबारे समीक्षा हुने प्रधानमन्त्रस्को सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार