बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच वार्ता जारी

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटवार्तालाई बाक्लो बनाएका छन्। माओवादी राष्ट्रिय सहमतिमै राष्ट्रपति चुन्नुपर्ने पक्षमा छ। एमाले पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार