महाशिवरात्रीमा भड्किलो पहिरनमा पशुपतिनाथ नआउन महिलाहरुलाई कोषको आग्रह

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्री मनाउन आउँदा भड्किलो लुगा लगाएर पशुपति मन्दिर नआउन महिलाहरुलाई आग्रह गरेका छन्। कोषले यही फागुन ६ गतेको महाशिवरात्री पर्वका लागि पशुपति मन्दिर परिसरमा विभिन्न तयारीहरु गरेको छ।

‘महिलाहरु भड्किलो लुगा लगाएर नआइदिनु होला। सभ्य लुगा लगाएर आउनुहोला’, उनले कोषले बुधबार महाशिवरात्री पर्वका बिषयमा गरेको पत्रकार सम्मेलनमा भने, ‘भड्किलो लुगा लगाएर आउनेलाई स्वंयसेवकले लाइनबाट बाहिर निकालदिनेछन्।’

अधिकारीले भड्किलो र असभ्य खुला लुगा लगाएर आउनेहरुलाई स्वंयसेवक र प्रहरीले मन्दिर परिसर र लाइनबाट बाहिर निकाल्ने गरी स्वंयसेवक र प्रहरीहरुलाई अभिमुखीकरण तालिम दिइसकेको जानकारी दिए।

‘विगतमा भड्किला पहिरनले गर्दा महिलाहरुमा सुरक्षा समेत चूनौती थपिएको थियो। धार्मिक आस्था नै खलबलिने खालका गतिविधिहरुबाट पाठ सिकेर अहिले परिहनलाई सभ्य बनाउने प्रयास गर्न लागेका हौं’, प्रवक्ता अधिकारीले भने।

कोषले फागून ६ गते महाशिवरात्री पर्वको तयारीबारे जानकारी दिदै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार