इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्यको जहाज फिर्ता

त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।
एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन । जहाज पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार