चर्को गर्मीमा कारलाई कसरी सुरक्षित राख्ने ? काम लाग्न सक्छन् यी ग्याजेट !

काठमाडौं । लाखौं रकम खर्चेर खरीद गरिएको CAR को गर्मी मौसममा हेरचाह गर्नु आवश्यक छ । तर, कसरी गर्ने भन्नेबारे अधिकांशलाई थाहा नहुन सक्छ । जसका लागि एयर कन्डिसनदेखि टायरको प्रेसर र इन्जिन जाँच गर्ने पोर्टेबल टुल्स, कारको छाता र सौर्य फ्यान जस्ता ग्याजेटहरू काममा आउन सक्छन् ।

गर्मी मौसम शुरु भइसकेको छ । देशका धेरै स्थानमा पछिल्ला दिनमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ । यो तापक्रममा घाममा पार्किङ गरिएको कार भित्रको तापक्रम भने अझै बढी हुन सक्छ । दिनभर घाममा राख्दा कारमा धेरै समस्या आउन सक्छ । यसले तपाईंको स्वास्थ्यमा पनि नराम्रो असर पार्छ भने मर्मत खर्च पनि बढाउन सक्छ ।

गर्मीमा कारमा यस्ता समस्या आउन सक्छन्

दिनभर घाममा बस्दा गाडीमा आगो लाग्ने, टायरको चाप स्वतः बढ्ने भएकाले टायर फुट्ने हुन सक्छ । चर्को घामको कारणले डिस्कलर हुने, इन्जिन छिट्टै तात्ने हुन सक्छ । कारको केबिन अत्यधिक तातो हुँदा स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ । यस्तो अवस्थामा सवारी साधनलाई चिसो राख्नु जरूरी हुन्छ । गर्मी मौसममा आफ्नो कारलाई यसरी ‘मेन्टेन’ गर्न सकिन्छ ।

नयाँ सवारी साधनको कुलिङ निकै राम्रो हुन्छ । तर, सवारीसाधन पुराना हुँदै गएपछि र त्यसको ख्याल नगर्दा चिसोपन पनि घट्दै जान्छ । गर्मी मौसममा कारमा एयर कन्डिसनर (एसी) सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यदि यसले राम्रोसँग काम गरिरहेको छैन भने तपाईंको लागि समस्या हुन सक्छ । त्यसैले एयर कन्डिसनरको मर्मत गर्नुपर्छ ।

सवारी साधनको फिल्टर फोहोर भएमा सफा गर्नुपर्छ र धेरै पुरानो भएमा फेर्नुपर्छ । यसबाट कारको एसी राम्रोसँग चिसो हुन थाल्छ ।

गाडीमा बस्नेबित्तिकै एसी अन गर्नुहुँदैन । पहिले इन्जिन शुरू गर्नुपर्छ अनि मात्रै ब्लोअर चलाउनुपर्छ । यसपछि एक मिनेटको लागि एसी चलाउनुपर्छ, यसले गाडीको कुलिङको गति बढाउँछ ।

AC कन्डिसनर रहेको कारको अगाडिको भाग चिसो पानीले धुनुपर्छ । यसले कार केबिनलाई छिट्टै चिसो पार्न मद्दत गर्नेछ । एसीको कुलिङ पोर्ट पनि समय-समयमा परिवर्तन गर्नुपर्छ । यसबाहेक केबिन फिल्टर सफा गर्दा पनि एसीको चिसोपन बढ्छ ।

गर्मीमा इन्जिनको हेरचाह

गर्मीमा गाडीको इन्जिन छिट्टै तातो हुन्छ । इन्जिनलाई गाडीको ‘मुटु’ भनिन्छ र यसलाई अत्यधिक तताउनबाट रोक्नको लागि उचित मर्मत आवश्यक पर्दछ । यदि कारको कुलेन्टले राम्रोसँग काम गरिरहेको छैन र इन्जिन आयल कम वा पुरानो छ भने यो इन्जिनका लागि खतरनाक साबित हुन सक्छ । अत्यधिक तातो भएका कारण इन्जिन बिग्रने खतरा पनि हुन्छ ।

इन्जिनको शीतलता सही स्तरमा हुनुपर्छ । त्यसैले यसको स्तर जाँच गरिरहनुपर्छ । रेडिएटर सफा हुनुपर्छ, अन्यथा इन्जिन छिट्टै तातो हुन्छ । कारका अनुसार यसमा सही कुलेन्ट मात्र राख्नुपर्छ ।

इन्जिन आयलको लेभल पनि जाँच्नुपर्छ र समयमै परिवर्तन गर्नाले इन्जिनको आयु बढ्छ । बजारमा धेरै ग्रेडको तेल उपलब्ध छन् । तर, गर्मीमा सही तापक्रम लेभल भएको इन्जिन आयल प्रयोग गर्नुपर्छ ।

गर्मीमा धेरै पटक टायर फुट्ने घटना पनि हुने गरेका छन् । त्यसैले टायरको एयर प्रेसरलाई कायम राख्नुपर्छ । समयसमयमा टायरको प्रेसर जाँच गर्नुपर्छ । टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS) पनि आजकल धेरै कारहरूमा नै प्रदान गरिएको छ । यसबाहेक कारका सामान पसल र अनलाइनमा पनि ४ देखि ५ हजार रुपैयाँमा TPMS उपलब्ध छन् ।

कार केबिन चिसो राख्ने केही ग्याजेटहरू

प्राय: ठाउँमा पार्किङस्थलमा छाया छैन । जसका कारण धेरैजसो सवारी साधन घाममा पार्किङ गर्नुपर्ने हुन्छ । यसले ड्यासबोर्ड, सिट र पूरै केबिनलाई तताएको हुन्छ भने विन्डशिल्ड र झ्यालबाट सिधै कारमा सूर्यको किरण प्रवेश गरेको हुन्छ । केही यस्ता ग्याजेटहरू पनि छन्, जसको सहायताले आफ्नो कारलाई चिसो राख्न सकिन्छ ।

१. सोलारबाट चल्ने फ्यान

यो फ्यान सौर्य ऊर्जामा चल्छ । यो कारको कुनै पनि विन्डो वा विन्डशिल्डमा लगाउन सकिन्छ । जब कार पार्क गरिन्छ, यसले केबिनको तापक्रम बढ्न दिँदैन र गर्मीलाई रोक्छ । अनलाइन वा कुनै पनि कार सामान पसलबाट यो उपकरण किन्न सकिन्छ ।

२‍. सनशेडहरू

गर्मीमा सवारी साधनको विन्डशिल्ड र झ्यालमा सनशेड लगाउनुपर्छ । प्राय: मानिसहरू विन्डोजको लागि सनशेडहरू खरीद गर्छन् । तर, विन्डशिल्डमा ध्यान दिँदैनन् । जब गाडी पार्क गरिन्छ, यी सनशेडहरूले सूर्यको किरणलाई केबिनमा प्रवेश गर्नबाट रोक्छन् र कार तातो हुँदैन ।

३. कार छाता

यो छाता गाडीको माथि राख्न मिल्छ, जुन हामीले ओढ्ने छाताजस्तै हुन्छ । यसले कारलाई छायामा रहन र तातो हुनबाट रोक्छ । तपाईंले आफ्नो गाडी सुरक्षित ठाउँमा पार्क गर्दा यो सहायक उपकरण प्रयोग गर्न सक्नुहुन्छ ।

४. पानी चिसो कुसन कभर

जब कार घरबाहिर कतै पार्क गरिएको हुन्छ विशेष गरी कारमा छालाको सिटहरू धेरै तातो हुन्छन् । यसबाट बच्न बजारमा वाटर कुलिङ कुसन कभर पाइन्छ ।

यी अनलाइन साइटहरूमा २ देखि ३ हजार रुपैयाँमा सजिलै पाइन्छ । तिनीहरूलाई प्रयोग गर्दा, सिट कम तातो हुन्छ।

५. भेन्टिलेटेड सिटहरू

यी सिटहरू कारको सिटमाथि इलास्टिक ब्यान्डमार्फत कभर गरेर राखिन्छन् । यस सिटभित्र एउटा पंखा हुन्छ र त्यहाँ साना प्वालहरू हुन्छन्, जसले गर्दा हावा बाहिर निस्कन सक्छ । सिट फ्यान गाडीमा उपलब्ध १२ भोल्ट पावर सकेटमा जडान गर्न सकिन्छ । गाडीको एसी अन गरेपछि पनि विशेषगरी लामो ड्राइभमा, ढाड र तिघ्रा तातो महसुस हुन्छ । तर, यी भेन्टिलेटेड सिटहरूको मद्दतले त्यहाँ तातो महसुस हुँदैन । यी सिटहरू अनलाइन वा कार एक्सेसरिज पसलहरूमा ४ हजार रुपैयाँमा उपलब्ध छन् ।

कार चिसो राख्ने तरिका

स्टेप-१ : पहिले ड्राइभर साइड गेट खोल्नुहोस् र इग्निशन अन गरेर यात्री साइड विन्डो खोल्नुहोस् । त्यसपछि ड्राइभर साइड गेटलाई पंखाजस्तै यता उता सार्नुहोस् । यसो गर्नाले कारभित्रको हावा छिट्टै बाहिर निस्कन्छ ।

स्टेप-२ : कारमा बस्नुअघि चारै गेट र ट्रंक खोल्नुहोस् । यसपछि एसी फुल अन गर्नुहोस् । यसले कारभित्र तातो हावा बाहिर पठाउन थाल्छ । २ देखि ५ मिनेटपछि कारका सबै ढोकाहरू र कारको केबिन चिसो हुनेछ ।

स्टेप-३ : यदि तपाईंसँग समय छैन भने चार ओटा झ्यालहरू खोलेर केही दूरीसम्म कार चलाउनुहोस् । भित्रको सबै तातो हावा बाहिर आउनेछ । तातो हावा जति छिटो निस्कन्छ, त्यति नै चाँडो केबिन चिसो हुन्छ ।

स्टेप-४ : कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अटो मोडमा राख्नुहोस् । यसले स्वचालितरूपमा हावा प्रवाह कायम राख्छ र एसी कारभित्रको तापक्रम अनुसार चिसो हुन्छ । तापक्रम बढ्यो भने हावाको प्रवाह बढ्छ र तापक्रम बढी भएमा हावाको प्रवाह घट्छ।

स्टेप-५ : जब कारको केबिन चिसो हुन थाल्छ वा अहिले एकदमै चिसो भइसक्यो जस्तो लाग्छ, तब रिसर्कुलेशन मोड अन गर्नुहोस् । यसलाई अन गरेमा कारको एसीले बाहिरको हावा प्रयोग गर्न छोड्छ र कार भित्रको चिसो हावा प्रयोग गर्दछ । यसले कारको केबिनलाई थप चिसो बनाउन मद्दत गर्छ ।

गर्मीमा गाडीमा सिधा प्रवेश नगर्नुहोस् । गाडीको सबै ढोका खोलेर केही बेर पर्खनुपर्छ ताकि भित्रको गर्मी कम होस् । गर्मीमा सडकहरू धेरै तातो हुन्छन्, त्यसैले टायरको चाप कायम राख्नु महत्त्वपूर्ण छ । यदि सम्भव छ भने सधैं टायरमा नाइट्रोजन ग्यास राख्नुपर्ने अटो विज्ञ सुझाव दिन्छन् । यसले सामान्य हावाभन्दा चिसो रहने र टायर तात्न दिँदैन । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार