युवा गायक वाङछिरीङ भोटियाको ‘बर्दिवासको घाम’ को चर्चा चुलिँदो

काठमाडौं । एक हप्ता अगाडि बजारमा आएको युवा गायक वाङछिरीङ भोटियाको गीत निकै चर्चामा छ । गायिका समिक्षा अधिकारी र वाङछिरीङको स्वर रहेको ‘बर्दिवासको घाम’ ले स्रोताहरुको मन जितेको मात्र हैन, अहिले टिकटकमा पनि ‘बर्दिवासको घाम एकछिन शितल बसेर पूर्वतिर जाम…’ ले निकै नै चर्चा बटुलेको छ ।

हुन त संखुवासभाको दुर्गम भोटखोलामा जन्मिएका युवा गायक वाङछिरीङले सानैदेखि गीत संगीतमा रुचि देखाएका हुन् ।

समिक्षा अधिकारीसँग हैसेमा होस्ठे मिलाएर निकै मिठो स्वर पस्केका यी गायकको ‘बर्दिवासको घाम’ले दर्शक र स्रोताको मन जिते सँगै सांगितिक फाँटमा उन्को उचाई पनि ह्वात्तै बढेको छ ।

जीवनलाई संगीतमय बनाउने उनको रहर सानै उमेरदेखिको हो । २०६८ तिरै उन्लाई कलेजको शुल्क तिर्न घरबाट दिएको २५ सय रुपैयाँ लिएर संखुवासभाको भोटखोलाबाट काठमाडौं भागेका उनले अहिलेसम्म चार वटा गीत रेकर्ड गरी सकेका छन् ।

२०६९ तिरै उनले अहिलेकी चर्चित गायिका अञ्जु पन्तसँग तिमिले छोडि गएपनि बोलको गीत ल्याएर त्यतिबेला चर्चा कमाए ।

गाउँबाट भागेर आएको केटोले यहाँ भन्दा बढी के पो गर्न सक्थ्यो ? काठमाडौमा आएर काम नपाउँदा धेरै हण्डर खाएका उनले भोगेको दुःखको त कुरै नगरौं । पहिलो पटक जसोतसो केही खर्च गरेर प्रिज्म रेकर्डिङ स्टुडियोबाट गीत बजारमा ल्याउन सफल भए ।

तर, यतिले मात्र गीतसंगीतमा उनको तिर्खा मेटिएन । उनले फेरि दोस्रो कोसेलीको रुपमा ‘तिमिलाई देखेसी’ बोलको गीत बजारमा ल्याए । यो गीतले पहिलो गीत झै चर्चा पाउन नसकेपछि उनले थप २०७८ मा आफ्नै संगीतमा ‘माछी खोली’ मा बोलको गीत चर्चित गायिका मेलिना राईसँग गाउँदै उनले अर्को उचाई थपे ।

जुन ‘माछि खोली’ मा टिकटकमा पनि त्यति नै चलेको छ । मेलिनासँगै विभिन्न स्टेज कार्यक्रममा सांगितिक प्रस्तुति दिएका उनका लागि अहिले भ्याई नभ्याई छ । योसँगै उन्लाई अहिले गीत रेकर्ड गर्न पनि भ्याई नभ्याई छ ।

एक पछि अर्को सफलता पछि सुरिलो स्वरका धनि वाङछिरीङले गीतसंगीतले सुगम र दुर्गम चिन्दैन भन्ने कुरालाई विश्वास गर्दे आफ्नै मेहनतमा चौथो कोशेली ‘बर्दिवासको घाम’ बजारमा ल्याएका हुन् । चर्चित गायिका समिक्षासँगै उनको स्वर रहेको म्यूजिक भिडियो अहिले युट्युवमा नि धेरैले हेरेर प्रतिक्रिया दिई रहेका छन् ।

बर्दिवासको घामले युवा युवा गायक वाङ छिरीङ भोटियाले सांगितिक फाँटमा अर्को सफलता प्राप्त गरेका हुन् । पूर्व–पश्चिमको मायाँलाई जोड्दै उक्त भिडियोमा कलाकारहरुले आफ्नो पर्फम जादूगर रुपमा पस्केकाछन् ।

अर्जुन पोख्रेलको शब्द, संगीत, एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम, नग्मा, लक्ष्मी र अमर गज्जबसँग खुलेका छन् । जहाँ बैशालु उमेरका साथिभाईसँग घुम्दै रमाईलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजका छन् ।

डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आई रहेको निर्माण युनिटले जनाएको छ । नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन र मिन रावलको सम्पादन रहेको छ ।

सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई विकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरी रहेका छन् । तर, यति मिठो स्वरका धनि गायक वाङछिरीङालागि अर्को एल्वम र गीत रेकर्ड गर्नु चुनौति बन्ने देखिन्छ । किन भने स्रोता र दर्शकले रुचाएका कारण उनले अर्को गीतको तयारी गर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार