प्रचण्ड नेतृत्वको सरकारको आयु लामो छैन : सूर्य थापा

अर्घाखाँची । नेकपा (एमाले) का पोलिट व्यूरो सदस्य सुर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु लामो नभएको बताउनुभएको छ ।

प्रेस चौतारी अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रचण्ड नेतृत्वको सरकारको आयु भारत भ्रमण पछि समाप्त हुने बताउनुभएको हो ।

भारत भ्रमणको क्रममा त्यहाँ विभिन्न सम्झैता हुन्छ, त्यो जनभावना विपरित हुन्छ । त्यसको प्रभावले पनि सरकारको आयु दिर्घकालीन नहुने थापाले बताउनुभयो । उहाँले एमालेको भुँइ चढेर प्रधानमन्त्री बन्नुभएका प्रचण्डले एमालेलाई धोका दिएको आरोप लगाउनुभयो ।

धोकाको परिणामको हिसाव किताब जनताले छिटै देख्न पाउने बताउनु हुँदै उहाँले नेपाली कांग्रेसको पुच्छर बस्नेहरुको राजनिति भविष्य ठूलो पनि नभएको बताउनुभयो ।

फरक विषयमा बोल्दै एमालेको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग एकता नहुने दाबी गर्नुभयो ।

नेकपा विभजानको मुख्य योजनाकार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पछिल्लो समय कम्युनिस्ट पार्टी एकता हुनु पर्ने भनाइ केवल उहाँको पाखडीपना भनाइ मात्र भएको थापाले बताउनुभयो ।

उहाँले अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाको मिसन ग्रासरूट कार्यक्रममा खटिनुभएका थापाले संगठन सुधारको लागि टोल टोलमा पनि कार्यक्रम गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार