अझै पनि निमित्तकै भरमा छन् २ सय स्थानीय तह

काठमाडौं । प्रशासनतर्फका शाखा अधिकृत र उपसचिवको अभाव हुँदा झन्डै २ सय स्थानीय तह अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुन बाध्य भइरहेका छन् ।

कानुनी व्यवस्थाअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा नेपाल प्रशासन सेवाका अधिकृत, उपसचिव र सहसचिव रहने प्रावधान छ । तर, प्रशासन सेवाका अधिकृतहरूको अभाव हुँदा कतिपय स्थानीय तह निमित्तको भरमा सञ्चालन हुन बाध्य भइरहेका हुन् ।

अझै केही स्थानीय तहमा त नियमविपरीत प्रशासन सेवाभन्दा बाहेकका कृषि, स्वास्थ्य, भेटनरीलगायत समूहका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहेको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार शाखा अधिकृत र उपसचिवको अभाव हुँदा कतिपय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने बाध्यता रहेको हो ।

मन्त्रालयका अनुसार अहिले ७ सय ५३ वटा स्थानी तहमध्ये १ सय ७८ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार