एमाले संसद विघटनको दाउमा छः अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाउनुभएको छ ।

बुधबार सुनसरीको इनरुवा नगरपालिकामा सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । एमाले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने दाउमा रहेको उहाँले आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताउनुभयो । उहाँले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताउनुभयो ।

उहाँले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताउनुभयो । उहाँले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताउनुभएको छ ।

पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रकृया रहेको पनि अध्यक्ष नेपाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार