नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ ।

बुधबार बिहान ८ बजेबाट सुरू हुनु पर्ने मतदान कार्य केही ढिला गरी सुरु भएको हाे । जिल्ला नगरका मतदाता तथा समर्थकहरुले एशाेसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयको लागि अवरुद्ध भएको हो । महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको थियो ।

जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन् । ‘भोट फर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान स्थगित भएको छ ।

महासंघको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा भइरहेको छ । महासंघको कार्यसमिति सदस्यमा ४ जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने भएका छन् ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नुहुने भएकाे छ । नयाँ नेतृत्व चयन गर्नको लागि उद्योगी व्यवसायीहरुको बुधबार बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार