गौतमबुद्ध विमानस्थललाई म्यानमारसँग जोड्न नेपालले थाल्यो पहल

६ वैशाख, काठमाडौं । म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न नेपालले पहल थालेको छ । बौद्ध धर्मावलम्बी बाहुल्य भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीमा समेत पर्यटक आगमन बढ्ने र गौतमबुद्ध विमानस्थलमा समेत हवाई यातायात सूचारु हुने नेपाल पर्यटन बोर्डको भनाइ छ ।

बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरिय छलफल गरेको छ ।

छलफलमा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताएका छन् । नेपालले म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमार बीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार