राष्ट्रिय सभाले गर्‍यो संसदीय सुनुवाइ समितिमा तीन सदस्यको मनोनयन

काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा तीन जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो ।

सतितिमा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहनुभएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यि तीन सदस्यहरुलाई मनोनयन गरेको जानकारी बैठकमा गराउनुभएको थियो भने बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार