वृहत् कविता र गजल वाचन तथा खुल्ला कविता र गजल प्रतियोगिता कार्यक्रम सम्पन्न

भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नं स्४ चरम्बिमा मिति २०८०र३र९र गतेका दिन वृहत् कविता र गजल वाचन तथा खुल्ला कविता र गजल प्रतियोगिता कार्यक्रम भएको हो।
यस्ता साहित्यका कार्यक्रम बेला बखत राख्दै गर्दा साहित्य प्रति रुचि भएका प्रतिभा हरुलाइ जागरुक गराउन सकिने यसले समाजमा सकारात्मक भूमिका खेल्न मद्दत गर्ने छ भन्ने आयोजकको ठम्याइ छ।

कार्यक्रममा साहित्यकार हरुको बाक्लो उपस्थिति रहेको थियोे ।
खुल्ला प्रतियोगितामा

कविता विधा तर्फ

मिनु मेवाहाङ्ग राई प्रथम
सरगम पराजुली द्दितिय
हर्कबहादुर राई तृतीय भए

गजल विधा तर्फ
विनोद अधिकारी प्रथम
मन्दिरा राई द्दितिय
गणेश राई तृतीय भए ।

विजेता हरुलाइ क्रमश
रु ६०००। मेडल र प्रमाणपत्र
रु ५०००। मेडल र प्रमाणपत्र
रु।४००० ।मेडल र प्रमाणपत्र
प्रदान गरेको थियो ।

साथै सहभागी कवि तथा गजलकार हरुलाइ प्रमाणपत्र र मायाको चिनो वितरण गरेको थियोे ।

कार्यक्रममा अतिथि वक्ताहरूले सकारात्मक धरान राखेका थिए।
आफ्नो धारण राख्दै कोशी प्रदेशका पूर्व मुख्य मन्त्री तथा प्रदेश सभा सदस्य राजेन्द्र राई ले
साहित्यकार हरुले सकारात्मक संदेश दिने र सहि मार्ग निर्देश गर्ने समाज रुपान्तरण को लागि टेवा पुर्‍याउने गरि कलम चलाउनु पर्ने वताए ।

कार्यक्रमको आयोजना अरुण गाउँपालिका वडा नं ४ चरम्बिले गरेको थियोे ।
कार्यक्रमको अध्यक्षतामा
कवि तथा साहित्यकार इन्द्र सुर वेलटारे रहेका थिए।
कवि तथा साहित्यकार चिन्तामणि पोख्रेलले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार