शिक्षक आन्दोलनले संसदीय समितिहरूको बैठक प्रभावित

४ असोज, काठमाडौं । शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त भएपछि त्यसको असर संसदीय समितिका बैठकहरुमा पनि परेको छ ।

यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठमा गणपूरसक संख्या नै पुगेन ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति सचिव बबिता मिश्रले भनिन्, ‘आजको बैठकमा गणपूरक संख्या नै पुगेन, कतिपय सदस्यहरुले जिल्ला बाहिर रहेको र कतिपयले आन्दोलन तथा जामका कारण आउन नसक्ने सूचना दिनुभएको छ ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा २४ मध्ये १० जना उपस्थित भएका थिए । यस्तै अर्थ समितिमा पनि ११ जना मात्र उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार