नविना थारुको शालिक अनावरण

बाँके, १३ असोज । बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएकी नविना थारूको शालिक अनावरण गरिएको छ ।

२०७९ जेठ २३ गते प्रहरीको गोलीबाट मृत्यु भएकी थारूको पूर्ण कदको शालिक निर्माण गरि अनावरण गरीएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मधुवन नगरपालिकाको ओराली बजारमा निर्माण गरिएको नविनाको शालिक अनावरण गरेका हुन् ।

प्रहरीको गोली लागेर थारूको मृत्यु भए पछि घटनाको दुई दिनपछि जेठ २५ गते सर्वपक्षीय छलफलबाट ५ बुँदे सहमति भएको थियो ।

जसमा पीडित परिवारलाई तत्काल राहत दिने, घटनाबारे न्यायिक छानविन समिति बनाउने र गोली चलाउनेलाई कारबाही गर्ने सहमति भएको थियो। पीडित परिवारले नविनालाई सहिद घोषणा गरी शालिक बनाउनु पर्ने माग गरेको थियो ।

सोही मागअनुसार थारुको शालिक अनावरण गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार